दफा
टनेजको प्रमाण–पत्र
(१) प्रत्येक नेपाली पानी जहाजले तोकिएबमोजिमको टनेजको प्रमाणपत्र
प्राप्त गर्नुपर्छ । त्यस्तो प्रमाण–पत्रले सो पानी जहाजको ग्रस र नेट टनेज प्रमाणित गर्नेछ ।
(२) त्यस्तो प्रमाण–पत्र तोकिएको दस्तूर लिई नेपाली पानी जहाज कार्यालयको नौपरिवहन
निरीक्षकद्वारा प्रदान गरिनेछ ।